काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षणबाट स्थानीय जनताको जीवनस्तर परिवर्तन हुने बताएकी छिन् । सिन्धुलीको दुधौली नगरपालिका–३ झँुगामा आज वृक्षरोपणपछि आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले चुरे संरक्षणले स्थानीय समुदायको जीविकोपार्जनका अवसर सिर्जना गर्ने बताइन । विशाल सामुदायिक वन क्षेत्रमा बर र पीपलका बिरुवा रोपेर राष्ट्रपति भण्डारीले आठौँ चुरे दिवस २०७९ को शुभारम्भ गरेकी थिइन ।…