८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

जिल्ला दौडाहामा शीर्ष नेता



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेता जिल्ला दौडाहा सुरु भएको छ । जिल्ला पुगेर उनीहरू चुनावी कार्यक्रममा सहभागी हुँदै आफ्ना दलबाट उम्मेदवार हुने नेतालाई विजयी बनाउने रणनीति बनाउन थालेका छन् ।

४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा हुँदै छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ । नेपालीहरूको महानपर्व दसैं, दीपावली, छठ पर्व सकिएलगतै हुने निर्वाचनका लागि मतदाता रिझाउन राजनीतिक दलका नेता यतिबेला जिल्ला पुग्न थालेका हुन् ।

विभिन्न पार्टीका शीर्ष नेता जिल्लास्थित चुनावी बैठक, सभा, प्रशिक्षणलगायतका कार्यक्रममा सहभागी भइरहेका छन् । उम्मेदवारका आकांक्षी जनताबीच पुग्ने तथा उनीहरूसँग नजिक हुँदै रिझाउने काममा लागेका छन् । पार्टीका शीर्ष नेताहरू चुनावी कार्यक्रममा सहभागी हुने, विभिन्न पार्टीका असन्तुष्ट नेतालाई पार्टीमा भित्र्याउने र विपक्षी दलका नेताहरूको आलोचना गर्नमा व्यस्त भएको देखिन्छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष गत साता झापा, मोरङ, सुनसरीसहितका जिल्लामा पुगेर चुनावी कार्यक्रममा सहभागी भए । ती जिल्लाको कार्यक्रममा सहभागी भएका अध्यक्ष ओलीले विपक्षी पाँच दलीय गठबन्धनको चर्को आलोचना गर्नुका साथै एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रहसमेत गरेका छन् ।

काठमाडौं फर्किसकेका ओली अहिले उम्मेदवारको अन्तिम नामावली टुंगो लगाउने तथा घोषणापत्रलाई अन्तिम रूप दिने आन्तरिक गृहकार्यमा जुटेका छन् । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पार्टी अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरू जिल्लास्थित विभिन्न कार्यक्रममा सहभागी भइरहेको बताए ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा अरू नेताजस्तो जिल्लाको कार्यक्रममा पुग्न सकेका छैनन् । देउवा काठमाडौंकै विभिन्न बैठक तथा कार्यक्रममा व्यस्त रहेका छन् ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री देउवा पाँच दलीय गठबन्धनको बैठक र सरकारको काममा काठमाडौंमै रहेको बताए । निर्वाचन केन्द्रित कार्यक्रम पार्टीले सञ्चालन गरिरहेको बताउँदै उनले जिल्लामा केन्द्रीय सदस्यलाई परिचालन गरिएको बताए ।

कांग्रेसले तीन चरणको चुनावी अभियान घोषणा गर्दै जिल्ला तथा पालिकामा पुगिरहेको छ । जसअनुसार पहिलो चरणको अभियान १० देखि २४ भदौसम्म सञ्चालन गरिसकेको कांग्रेसले दोस्रो चरणको चुनावी कार्यक्रम छिटै नै सुरु गर्दै छ ।

कांग्रेस प्रवक्ता महतका अनुसार पहिलो चरणपछि दोस्रो चरणको अभियान समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएर सञ्चालन हुनेछ भने तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि सुरु गर्ने तयारी भएको छ ।

‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि कांग्रेसले परिचालन गरेको थियो । उनीहरूलाई कांग्रेसले केन्द्रमा प्रशिक्षण दिएर जिल्लाजिल्लामा परिचालन गरिसकेको थियो । उनीहरू जिल्ला, पालिकामा पुगेर विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको बताउँदै अब जिल्लाको प्रतिवेदन बुझेर दोस्रो चरणको कार्यक्रम अगाडि बढाउने उनले बताए ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेर काठमाडौं फर्किएका छन् । प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार सातै प्रदेशमा हालै प्रशिक्षण, भेला, बैठक सम्पन्न भएका छन् । ती सबै कार्यक्रममा अध्यक्ष प्रचण्ड पुगेका छन् ।

३० भदौमा जनकपुरमा मधेस प्रदेशको बैठकमा प्रचण्ड सहभागी हुँदै छन् । त्यहाँ उनले चुनावी रणनीति, उम्मेदवार, सो प्रदेशमा पार्टीको अवस्थालगायत’ छलफल गर्ने कार्यक्रम रहेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल गत साता रौतहट, बारा, कपिलवस्तुलगायतका जिल्लामा पुगेका छन् । ती जिल्लाको भेला, बैठक, प्रशिक्षणलगायतका कार्यक्रममा सहभागी भएका नेपाल अहिले काठमाडौं पुगिसकेका छन् ।

नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार पार्टीको बैठकबाट अगामी चुनावी कार्यक्रम, घोषणापत्रलगायतका विषयमा छलफल गरेर अन्य कार्यक्रम निर्धारण हुनेछ । विभिन्न जिल्लामा चुनावी कार्यक्रममा पार्टीका अन्य शीर्ष नेतासमेत पुगिरहेको उनले बताए ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल गत साता इलाम, झापा पुगेर काठमाडौं फर्किएका छन् । पार्टीको युवा संघ नेपालले आयोजना गरेको महाकाली-मेची विशेष अभियानको समापन गर्न खनाल झापा पुगेका थिए ।

काठमाडौं फर्किसकेका खनाल आइतबारको पाँच दलीय गठबन्धनको बैठकमा सहभागी भए । पाँच दलीय गठबन्धनभित्र सिटबाँडफाँटको सकस परिरहेका बेला बैठकमा सहभागी भएका खनालले सोमबारको बैठकले सिट बाँडफाँड’ टुंगो लगाउने बताए ।

प्रमुख दलका अध्यक्ष मात्रै नभई अन्य शीर्ष नेतासमेत चुनावी कार्यक्रमका लागि विभिन्न जिल्लामा पुगिरहेका छन् । विशेष त उनीहरू आफैं उम्मेदवार हुने जिल्लाका साथै अन्य जिल्लामा पुगिरहेका छन् । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ७ : २३ बजे

मुख्य सचेतकहरुसँग छलफलमा सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र

कुनै सहमति नगरी सकियो कार्यदल बैठक

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश

गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको संयुक्त इजलासमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

चितवन । माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना

उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले