चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक बिहानैदेखि सञ्चालन भएको छ । गएराति १२ः४५ बजे चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । यातायातका साधन रातभर बाटोमै रोकिएका थिए । आज बिहानैदेखि पहिरो पन्छाउन थालिएको थियो । पहिरो पन्छाएपछि अहिले दुइतर्फी सवारी साधन पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ…