२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

गायक शिव परियारको आक्रोस– नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी देख्छु



काठमाडौं । चर्चित गायक शिव परियारले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफो गर्न जरुरी रहेको बताएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि एक जना १७ वर्षीय बालिकाले बलात्कारको आरोप लगाउँदै मंगलबार प्रहरीकोमा उजुरी दिएपछि गायक परियाले सो कुरा बताएका हुन् ।

‘नेपाल सरकार, यो पेशेवर पीडित भनौंदाहरुलाई पनि व्यस्थित गरी कारवाहि गर्ने कुनै कानुनको धारा होला नी ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ रु यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरुको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो, कृपया अनुसन्धान होस्,’ गायक परियारले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

अहिलेकै अवस्था रहे प्रधानमन्त्री, मेयर, कलाकार,संस्कृतविद्, वैज्ञानिक, किसान, शिक्षाविद्, खेलाडी, सामाजसेवी सबैमाथि बलात्कारको आरोप लाग्ने र नेपाल बलात्कारीको देश भनेर विश्व मानचित्रमा दर्ज हुने धारणा उनले व्यक्त गरेका छन् ।

‘यी बलात्कारी गिरोहको पर्दाफास र सन्निकट हुन जरुरी देख्दछु म । कृपया यति बेला सबै बर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरुले नेपालमा मौलाएको बलात्कार व्यावसायको भण्डाफोर गर्न जरुरि देख्दछु । अनुसन्धानबाट नियतबस बलात्कारी नै हो भने कानुनतः छुट नहोस, देशका सबै आइकनलाई सिध्याउने नियत सहितको अवस्था हो भने नेपाल सरकार, नेपाल प्रहरि र अदालत सबै निकाय यस बिषयमा संवेदनशिल हुनु पर्ने अवस्था देख्दछु,’ गायक परियारले फेसबुकमा लेखेका छन् ।

उनी यत्तिमै रोकिएका छैनन् । उनले थप लेखेका छन्, ‘तर दुःखी आत्माहरुले आफ्नो प्रसिद्धी, प्रतिष्ठा एउटा नाबालिक प्रशंसकप्रति यौनको भोक मेटाउँन प्रयोग गरेको हो भने मुलाहरुको सामान काट्ने कानुन आएपनि म राजी छु सरकार ।’

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ११ : ३८ बजे

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ

कोहलपुरबाट ठूलो परिमाणमा अफिम बरामद, २ जना पक्राउ

नेपालगन्ज । बाँकेको कोहलपुर क्षेत्रबाट ठूलो परिमाणको अफिमसहित दुई जनालाई

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको