१६ पुस २०८२, बुधबार | December 31, 2025

खजुरा क्यान्सर अस्पतालमा आर्थिक अनियमितताको गन्ध, पूर्व कार्यकारी निर्देशक आफैले पचाए लाखौं रकम

खजुरा । बाँकेको खजुरा स्थित क्यान्सर अस्पताल विकास समितिको नेतृत्वलाई अदालतले खारेज गरिदिएसँगै बहिर्गमनमा परेका अध्यक्ष किशोर थापाले जाँदाजाँदै १० करोड ६७ लाख रकमलाई चर्चा चलाएर बाहिरिएका छन् । अदालतले पूर्ववत विकास समितिलाई ब्युँताईदिएपछि अदालतको आदेश पालना गर्ने भन्दै बाहिरिएका थापाले क्यान्सर अस्पतालका प्रवर्तक प्रखर परोपकार मिशन नेपालबाट सुशिल कोइराला क्यान्सर अस्पतालमा हस्तान्तरण भएको १०…