पोखरा । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम लगभग अन्तिम चरणमा छ । हालसम्म ९३ प्रतिशत काम सकिसकेको छ । चीनको एक्जिम बैंकको ऋण सहयोगमा विमानस्थल चिनियाँ कम्पनीले नै बनाइरहेको छ । नागरिक उड्डयन प्राधिकरण पोखराले विमानस्थलको प्रमाणीकरणका लागि आसयपत्र समेत पठाइसकेको छ । केही महिनाअघि विमानस्थल बाहिरका समस्याबारे सूची बनाएर तीनवटै सरकारलाई थमाइएको छ ।…