७ श्रावण २०८३, बिहिबार | July 24, 2026

युक्रेनमा रुसी हमलाः लत्ताकपडा, विद्युतीय सामानदेखि तेल र चिनीको भाउ आकाशियो



मस्को । युक्रेनमाथि रुसले हमला गरेसँगै सर्बसाधारण युक्रेनीको जीवन त कस्टकर नै बनेको छ, तर युद्धको असरमा रुसमा पनि गहिरो देखिएको छ । युक्रेनको युद्धको विरोधमा एउटा रुसी समूह खुलेरै सडकमा उत्रिएको छ भने अधिकांश मानिस मंहगी र अभावसँग जुधेका छन् ।

युक्रेनमा रुसी हमलापछि पश्चिमा देशहरुले मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । रुस निर्यात हुने सामाग्रीहरुमा प्रतिबन्ध लाग्दा त्यसको मारमा सबैभन्दा बढी सर्वसाधारण रुसी परेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई निशस्त्रीकरण गरेको भन्दै रुसी कदमको बचाउ गरे पनि पश्चिमा देशहरुले पुटिनले युद्धका बहाना गरेकोे बताउँदै आएका छन् ।

रुसमाथि पश्चिमा देशहरुले वित्तिय दण्ड दिएका छन् । अन्तर्र्राष्ट्रिय कम्पनीले त्यहाँको सञ्चालन स्थगित गर्दा रुसीहरुको दैनिकीमा असर परेकाे छ । जीवनयापनको खर्च बढिरहेको छ । रोजगारी गुम्ने जोखिम बढ्दो छ । धेरै वित्तीय संस्थाहरू रुसबाट अलग भएका छन् ।

पकाउने तेल, चिनी र अन्य आधारभूत उत्पादनको मूल्य बढिरहेको छ । उपभोत्ता मूल्य २ दशमलब २ प्रतिशतले बढेको छ ।

मस्को र अन्य सहरका पसलहरूले औषधि र अन्य केही वस्तुको बिक्रीमा रोक लगाएको छ ।

२४ फेब्रुवरीदेिख सुरु भएकाे रुसी हमलापछि रुसी मुद्रा रुबलको मूल्यमा गिरावट आएको छ । २० फेब्रुबरीसम्म ५ हजार ५०० रुबलमा अर्डर गरेको किराना सामानको मूल्य ८ हजार रुबल रहेको इयूका बासिन्दा जानले बताएका छन् । त्यस्तै चिनीको मूल्य २० प्रतिशत बढेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १० : ०६ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी