११ पुस २०८२, शुक्रबार | December 26, 2025

नेपाली क्रिकेटको सपना साकारका लागि सहयोग गर्न पाकिस्तान इच्छुक : राजदूत शाह

पाकिस्तानी दूतावासद्वारा आयोजित सातौं संस्करणको नेपाल–पाकिस्तान मैत्री टि २० क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ । शंखपार्कस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन् । ९ दिनसम्म चल्ने यस प्रतियोगितामा १२ क्रिकेट टिमले भाग लिएका छन् । प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै कामपा प्रमुख शाक्यले नेपालमा पाकिस्ताले…