७ आश्विन २०८३, बुधबार | September 23, 2026

सत्तारुढ गठबन्धन कायम रहेसम्म देशको सबै क्षेत्र अस्तव्यस्त : एमाले उपाध्यक्ष पौडेल



बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सत्तारुढ गठबन्धन कायम रहेसम्म देशको सबै क्षेत्र अस्तव्यस्त हुने बताएका छन् ।

यो गठबन्धनलाई मुलुकको चिन्ता भन्दा पनि सत्ता कसरी जोगाउने भन्ने कुराको मात्र चिन्ता रहेको भन्दै उनले राष्ट्रिय हितको रक्षा, मुलुकको विकास र समृद्धिको एजेण्डामा गठबन्धनको कुनै चासो नरहेको बताए ।

मदन भण्डारी स्पोर्टस एकेडेमी रुपन्देहीले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७८/७९ का विजयी खेलाडीहरूको सम्मानमा आइतबार आयोजना गरेको कार्यक्रममा एमाले उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् । ‘सत्ता गठबन्धनका कारण मुलुकको सबै क्षेत्र अस्तव्यस्त छ, महंगी र भ्रष्टाचार बढेको छ, शिक्षा, स्वास्थ्य, खेलकुद जताततै अस्तव्यस्तताको अवस्था छ.’ उनले भने, ‘तर गठबन्धनलाई सत्ता कसरी जोगाउने भन्ने मात्र चिन्ता छ ।’

उनले मुलुकलाई सही दिशा निर्देश गर्ने र ठिक ढंगले नेतृत्व गर्ने पार्टी एमाले बाहेक अरू नभएको दाबी पनि गरे । एमाले सरकारबाट हटेपछि देशमा देखिएको बेतिथिले पनि एमाले बाहेक अरूले नेतृत्व गर्न नसक्ने कुराको पुष्टि हुने पनि उनले बताए ।

राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा रुपन्देहीबाट स्वर्ण, रजत र काश्यपदक विजेता खेलाडीलाई सम्मान गर्दै पूर्व खेलकूदमन्त्री समेत रहेका पौडेलले खेलाडी राष्ट्रका गहना नभई आधारस्तम्भ रहेको बताए । खेलाडीहरूको समस्यामा हरेक समय साथ दिन एमाले तयार रहेको र उनीहरूका मुद्दा सम्बोधनका लागि निरन्तर क्रियाशील रहने पनि पौडेलले बताए ।

कार्यक्रममा एकेडेमीका केन्द्रीय उपाध्यक्ष देवबहादुर गुरुङ, सचिव डा. शक्ति बस्नेत, एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचन, एकेडेमीका रुपन्देही जिल्ला अध्यक्ष मणि भण्डारी, सहसचिव सरिता रानालगायतले खेलकुद क्षेत्रले राष्ट्रको पहिचान स्थापित गर्ने भन्दै राज्यले खेल क्षेत्रको विकासमा उल्लेख्य योगदान गर्न नसकेको बताएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ७ : ५९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज