१५ बैशाख २०८१, शनिबार | April 27, 2024

इरान र अफगान सीमामा झडप, १ जनाको मृत्यु



काबुल । अफगानिस्तान र इरानको सीमामा दुई देशका सुरक्षा गार्डबीच भिडन्त भएको छ ।

अफगानिस्तानको निमरोज प्रान्त र इरानको हिरमान्डमा पर्ने सीमा क्षेत्रमा आइतबार भएको लडाइँमा आफ्ना एक सैनिक मारिएको काबुलले जनाएको छ । उक्त झडपका लागि एक देशले अर्को देशलाई दोष दिएको छ ।

१ वर्षअघि तालिबानले सत्तापलट गरेपछि इरानसँगको सीमा क्षेत्रमा बारम्बार झडप हुने गरेको छ । पछिल्लो झडपको वास्तविक अवस्था स्पष्ट छैन ।

निमरोजका प्रहरी प्रवक्ता बहराम हकमलले भने, ‘हाम्रोतर्फ एक जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएका छन् । ’
इरानतर्फ कुनै मानवीय क्षति नभएको प्राप्त विवरणमा जनाइएको छ । एजेन्सी

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ७ : ३० बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको