१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

राष्ट्रिय परीक्षा बोर्डमा बेथितिको चाङ : ६५ प्रतिशत कर्मचारी अस्थायी, करार र ज्यालादारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डमा अस्थायी, करार र ज्यालादारी कर्मचारीको संख्या झन्डै ६५ प्रतिशत रहेको छ । उच्च माध्यमिक शिक्षा परिषद् ऐन-२०४६ आएपछि स्थापना भएको उच्च माध्यमिक शिक्षा परिषद् कर्मचारी भर्ती केन्द्रका रूपमा चिनिएको छ । २०४६ सालमा ऐन आए पनि २०४८ सालदेखि मात्र स्थापना भएर काम शुरू गरेको परिषद्ले २०५० सालबाट परीक्षा सञ्चालन गर्न…