सिमकोट । हुम्लामा कोरोना भाइरसको तेस्रो लहरको परीक्षण सुरु भएको छ । जिल्ला अस्पता हुम्लामा २८ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकामा ८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहका अनुसार जिल्ला अस्पताल हुम्लामा कार्यरत स्वास्थ्यकर्मी र सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्यसहित अस्पतालको सुरक्षामा खटिएका सुरक्षाकर्मी गरी २८ जनामा…