काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज उदयपुर जाँदै छन् । मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गर्न अध्यक्ष ओली उदयपुर जान लागेका हुन् । त्रियुगाा नगरपालिका-१० मा स्थापना भएको आँखा अस्पतालको आज दिउँसो साढे १२ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एमाले उदयपुरले बृहत जनसभाको पनि आयोजना गरेको छ ।…