२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

एसपीपी सम्झौतामा हस्ताक्षर हुनसक्ने माओवादी नेता महराको आशंका



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले नेपाली शासक झुकेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्नसक्ने आशंका व्यक्त गरेका छन् ।

सोमवार काठमाडौंमा भएको ३१ औँ किसान संघर्ष दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता महराले यस्तो बताएका हुन् । उनले सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरुले एसपीपी राष्ट्रहित विपरित भनेपछि तत्कालका लागि सम्झौता रोकिएपनि शासक वर्ग झुकेर सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका गर्दै आम नागरिकहरु सचेत रहनुपर्ने बताए । नेता महराले भित्रभित्रै सम्झौता गर्ने र ४÷५ महिनाको अन्तरालपछि कुरा सेलाउँदै जाँदा कुरा बाहिरिनसक्ने बताएका हुन् । उनले यो सम्झौताका लागि एमसीसीले ढोका खोलेको र एमसीसीसँग जोडिएको आईपीएसको अर्को रुपमा एसपीपीले नेपालमा स्थान पाएको उल्लेख गरे । नेता महराले साम्राज्यवादको नियन्त्रणमा देश जानसक्नेतर्फ पनि आशंका उब्जिएको बताए ।

उनले भने, ‘एसपीपीको सन्दर्भमा केही समय त टरिसक्यो । सरकारले बोल्यो हामी गर्दैनौँ । प्रतिपक्षले बोल्यो यो राष्ट्रहितको बिरुद्ध छ । सबै पार्टीहरुले बोले केही संसदमा भएका र संसद बाहिर रहेका पार्टीहरुले पनि भने । एसपीपी नेपालको राष्ट्रिय स्वाधिनताको विपरित छ भन्ने कुरा भएपछि यो तत्काल सम्झौता रोकियो । तर मलाई शंका छ । कतै नेपाली शासकहरु झुक्ने त होइनन । फेरि झुकेर भित्रभित्र सम्झौता गर्ने होइनन ? यही कुरा ४/५ महिनापछि अब सेलाएपछि सिद्धियो सिद्धियो भन्ने बेलामा गर्ने त होइनन भन्ने शंका छ । तर त्यो आशंका मेटियोस । अहिले सबै पार्टी एसपीपीको बिरुद्धमा छन । एमसीसीले ढोका खोल्यो, त्योसँग अभिन्न रुपले अंग जोडिएको आईपीएसको अर्को रुपमा देखिएको एसपीपी यहाँ आयो । नेपालको राज्यमा सत्तासीन रहेका केही शासकहरुले यसलाई सम्झौता गर्नको निमित्त बोलाए । तर यतिबेला छताछुल्ल भयो । यो साम्राज्यवादको नियन्त्रणमा कतै देश त जाने होइन भन्ने प्रश्न आजको समस्या हो । यही हो चुनौति । किसानका आफना समस्या छन तर देशको राज्यसत्ता कतै साम्राज्यवादको कित्तामा जाने त होइन ? भन्ने प्रश्न छ । अब हामी सबैले तत्काल राष्ट्रिय स्वाधिनताको आन्दोलन गर्नुपर्छ ।’

पूर्व सभामुखसमेत रहनुभएका महराले देशको राज्यसत्ता साम्राज्यवादको नियन्त्रणमा जानसक्ने आशंका व्यक्त गर्दै सबै नागरिकहरु तत्काल राष्ट्रिय स्वाधिनताको आन्दोलनमा होमिनुपर्ने बताए ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ४ : ४९ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य