२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

संसद् बैठक बहिस्कार गर्‍यो एमालेले, गोकुल बाँस्कोटाले भने- प्रतिपक्षी दल यहाँ छ



काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले ‘प्रतिपक्षी दल कहाँ छ ?’ अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गोकुल बाँस्कोटाले अर्थमन्त्री शर्माले सो अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे ।

‘सभामुख महोदय, अर्थमन्त्रीले सदन चलेका बेला सदन बाहिर प्रतिपक्षी दल कहाँ छ भन्नुभएछ,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी दल यहाँ छ । हिजो पञ्चायतमा पनि देखिँदैनथ्यो, प्रतिपक्षीलाई ।’

आरोप लागेपछि छानबिनका लागि मार्ग प्रशस्त गर्न अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने भन्दै उनले भ्रष्टाचार र अनियमितताको छानबिन हुनुपर्ने र यसका लागि एमाले प्रतिवद्ध रहेको बताए ।

अर्थमन्त्रीलाई राजीनाामा दिन आग्रह गर्दै उनले भने, ‘एमालेलाई नलकार्न भन्छु, राजीनामा दिनुहोस् ।’

अर्थमन्त्री शर्माको जवाफ सुन्न जनताले चाहँदैन भन्दै बास्कोटाले एमालेले आर्थिक विधेयकमाथि उठेका प्रश्नको अर्थमन्त्रीले दिने जवाफ नसुन्ने भन्दै बैठक बहिस्कार गर्ने जानकारी दिए ।

यसपछि एमालेले बैठक बहिस्कार गरेको छ भने अर्थमन्त्री शर्माले जवाफ दिइरहेका छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ५ : ०३ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य