काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा एमाले एक्लैले झण्डै दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् । मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गरेका हुन् । ओलीले एमालेलाई चुनाव जित्न कुनै दलको बैशाखी नचाहिने जिकिर गरे…