रामपुर । पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानमा चितुवाको आतङ्क बढेको छ । गोठमा बाँधिएका गाईवस्तुलाई रातका समयमा आक्रमण गर्न थालेपछि स्थानीयवासीमा त्रास उत्पन्न भएको स्थानीयवासी लीलाराम राईले जानकारी दिए । निस्दी–४, मित्याल झ्याल्टुङका रेवन सिं गाहा र वडा नं–६,अर्चलेको पोखरा भन्ज्याङका पृथ्वीमान राईको गएराति गोठमै चितुवा पसेर गोरु मारेको छ । चितुवा गाउँमा पस्न थालेपछि…