२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

खेलकूदमन्त्री गहतराजको नेतृत्वमा बक्सिङ टोली रुस प्रस्थान



काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ सङ्घका पदाधिकारीसहित आठ सदस्यीय टोली आज रुस प्रस्थान गरेका छन ।

बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेशनको खेलकुद मन्त्रीको निमन्त्रणामा मन्त्री गहतराजको नेतृत्वमा नेपाली टोली रुस प्रस्थान गरेका हुन ।

टोलीमा मन्त्रालयका सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का विभागिय प्रमुख मधुसुदन बस्नेत, खेलकुद मन्त्रीको निजी सचिव रोशनकुमार सुनार, बक्सिङ संघको तर्फबाट संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुनबहादुर केसी, संघका सदस्य मानबहादुर भण्डारी र प्रवक्ता एवं अन्तराष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले हुन ।

रुस भ्रमणको क्रममा दुवै देशको खेलकुद विकास र प्रवर्धनमा सहकार्य गर्न विभिन्न विषयहरुमा छलफल हुने बताइएको छ ।

त्यसैगरी, नेपाल र रुसका बक्सिङ खेलाडीहरुको प्रशिक्षण आदान–प्रदान, बक्सिङ प्रशिक्षकहरुको क्षमता विकास र बृद्धिमा सहयोग गर्ने, नेपाल रुसबीच मैत्रीपूर्ण बक्सिङ एवं अन्य खेलकुद प्रतियोगिता आयोजना एवं सहभागिता गराउने, रुसको स्पोर्ट्स साइन्स कलेजमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति व्यवस्था गर्नेलगायतको विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १२ : ५६ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि