३ श्रावण २०८३, आइतबार | July 20, 2026

चाउचाउ मात्रै खुवाएपछि पत्नीसँग सम्बन्ध विच्छेद !



नयाँ दिल्ली । चाउचाउ कतिपयका लागि प्रिय खानेकुरा हुनसक्छ । धेरैले हतारको समयमा खाजाको लागि चाउचाउ उपर्युक्त मान्न सक्छन् । तर, भारतमा भने चाउचाउकै विषयलाई लिएर एक व्यक्ति श्रीमतिविरुद्ध सम्बन्धबिच्छेदका लागि बढेका छन् । दैनिक खानामा चाउचाउ मात्रै दिएपछि एक पतिले श्रीमतीविरुद्ध सो कदम चालेको एउटा अदालतका न्यायाधीशले बताएका हुन् ।

श्रीमतीले ब्रेकफास्ट, लन्च र डिनरमै चाउचाउ बनउथिन् । श्रीमतीलाई चाउचाउबाहेक अरु केही पकाउन नजान्दा श्रीमान निराश भएका थिए । त्यसपछि आपसी सहमतिमा दम्पत्ति अलग भएका थिए ।

पछिल्लो समयमा अस्वभाविक कारण जस्तैः तरकारीमा पर्याप्त नुन नहाल्ने, विवाहमा उपर्युक्त लुगा नलगाउनु, पत्नीलाई बाहिर नलैजानु आदि विषयलाई लिएर अदालतमा उजुरी बढेका पाइन्छन् । कतिपय घटना त विवाह समारोह सकिए लगत्तै हुने गर्छन् । ‘पछिल्ला समायमा सम्बन्ध बिच्छेद नाटकीय रूपमा बढेको छ’, न्यायाधीश एम एल रघुनाथले भने । भारतको १९५४ को विशेष विवाह कानुनअनुसार सहमतिबाट सम्बन्ध विच्छेद गर्नुअघि एक वर्षसम्म छुट्टिएर बस्नु पर्छ ।

‘दम्पतीले सम्बन्धविच्छेद गर्नुअघि कम्तिमा एक वर्ष सँगै बस्नुपर्ने हुन्छ । त्यस्तो कानून नभएको भए विवाह हलबाटै सम्बन्ध विच्छेदको निवेदन पर्दथ्यो ।’, उनको भनाई उद्धृत गर्दै द न्यु इन्डियन एक्सप्रेसले जनाएको छ ।

मुद्दा चलेको समयावधि र सो घटनामा संलग्न दम्पत्तिको नाम उल्लेख गरिएको छैन् । उनका अनुसार ग्रामिणभन्दा सहरी क्षेत्रमा सम्बन्धबिच्छेद दर बढ्दो छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ९ : ५१ बजे

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग