बुटवल । स्थानीयतहको निर्वाचनका दिन नजिकिंदै गर्दा उम्मेदवारहरुले मतदातासंग मत माग्ने फरक फरक शैली अपनाउन थालेका छन् । घरदैलोमा हिँडिरहेका उम्मेदवारहरु मौन आवधि सुरुहुन पूर्व मतदाताहरुलाई फकाउन नयाँ शैली पनि खोजि रहेका छन् । बुटवल उपमहानगरपालिकामा एमालेबाट मेयर पदमा उम्मेदवार भएका बावुराम भट्टराईले मतदातासंग मत माग्न हातैले लेखेको चिट्ठी मतदाताको घरघरमा पठाउन थालेका छन् ।…