२९ असार २०८३, सोमबार | July 13, 2026

लोसपाले बुझायो प्रधानमन्त्री देउवालाई ११ बुँदे ज्ञापनपत्र, संविधान संशोधन गर्न माग



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाएको छ ।

विगतमा लोसपासँग गरिएको प्रतिबद्धता पूरा गर्न भन्दै पार्टी अध्यक्ष महन्थ ठाकुर नेतृत्वमा बालुवाटार पुगेको टोलीले प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

विगतमा विभिन्न सरकार हुँदा र वर्तमान कांग्रेस नेतृत्वको सरकार गठन हुँदा आफ्नो पार्टीसँग भएका सम्झौता र प्रतिबद्धता पूरा गर्न सरकारलाई आग्रह गरिएको छ । प्रधानमन्त्री देउवाले आफ्नो पार्टीले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म पूरा नगरेकाले पुनः स्मरण गराउन ११ बुँदे ज्ञापनपत्र बुझाइएको लोसपाले जनाएको छ ।

लोसपाले संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रदान गर्ने र वैवाहिक अंगीकृतसम्बन्धी हालसम्म कायम रहेको कानुनी व्यवस्थालाई निरन्तरता दिने, मधेस आन्दोलन÷थरुहट आन्दोलनलगायत विभिन्न आन्दोलनमा लगाइएका झुटा मुद्दा फिर्ता गर्ने र महोत्तरी र कैलालीमा रहेका रेशम चौधरीलगायतका राजबन्दीहरूलाई अविलम्ब रिहाइ गर्ने, नेपालमा विभिन्न उत्पीडित समुदाय मधेसी, थारु, आदिवासी जनजाति, शिल्पी, महिला, मुस्लिमलगायतको सम्मान, पहिचान र अधिकार प्राप्तिका लागि संविधान संशोधन गर्ने, जनसंख्याको आधारमा स्थानीय निकायm प्रदेशसभा र संघीय संसदमा प्रतिनिधितवको व्यवस्था गर्ने माग गरिएको छ ।

यस्तै, पूर्वन्यायाधीश गिरिशचन्द्र लाल प्रतिवेदन सार्वजनिक गर्ने, विगतमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरिएका सम्झौता लागू गर्नेलगायतका माग राखिएको छ ।

प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउन लोसपा अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, अनिलकुमार झालगायतका नेता बालुवाटार पुगेका थिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ११ : ५३ बजे

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको

गणेश नेपाली आत्मदाह प्रकरणमा परिवारले दियो जाहेरी, छानबिन प्रक्रिया अघि बढ्दै

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणमा

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता

काठमाडौँ । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान