काठमाडौं । सरकारले कर्मचारीलाई नियमित कामको सिलसिलामा दिइँदै आएको बैठक भत्ता खारेज गरेको छ । अर्थ मन्त्रालयले मंगलबार सबै निकायलाई पत्र पठाउँदै सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीलाई सामान्य कार्यका लागि बैठक भत्ता नदिन निर्देशन दिएको हो । तर, कानुनअनुसार गठन भएका समितिहरूको बैठक कार्यालय समयबाहेक बस्ने अवस्थामा भने भत्ता उपलब्ध गराउन सकिने उल्लेख गरिएको छ…