लुम्बिनी। भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटानी बौद्ध गुम्बा निर्माण गर्न नेपालस्थित लुम्बिनी विकास कोष र भुटान सरकारको गृहमन्त्रालयबीच लिज सम्झौता भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ्ग) र भुटानको शाही सरकारका गृह सचिव सोनम वांग्येलद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता अनुसार लुम्बिनीको निर्धारित क्षेत्रभित्र शान्तिका अग्रदूत बुद्धको जन्मस्थलमा…