जनकपुरधाम । गस्तीमा खटिएको प्रहरी टोलीमाथि धनुषामा लुटेरा समूहले आक्रमण गरेको छ । लुटेराको आक्रमणबाट एकजना प्रहरी सहायक निरीक्षक घाइते भएका छन् । बटेश्वरी प्रहरी चौकीमा कार्यरत असई मनोज पोखरेलको टाउकोमा चोट लागेको छ । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। टाउकोमा १२ वटा टाँका लगाउनु परेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जनाएका छन्…