१२ बैशाख २०८३, शनिबार | April 25, 2026

धनुषामा प्रहरीमाथि लुटेरा समुहको आक्रमण, एक असई घाइते, पाँच लुटेरा पक्राउ



जनकपुरधाम । गस्तीमा खटिएको प्रहरी टोलीमाथि धनुषामा लुटेरा समूहले आक्रमण गरेको छ ।

लुटेराको आक्रमणबाट एकजना प्रहरी सहायक निरीक्षक घाइते भएका छन् । बटेश्वरी प्रहरी चौकीमा कार्यरत असई मनोज पोखरेलको टाउकोमा चोट लागेको छ । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। टाउकोमा १२ वटा टाँका लगाउनु परेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जनाएका छन् ।

बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित राम्रो चोकमा असई पोखरेलको टोलीले नियन्त्रणमा लिएपछि उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ। महोत्तरीको भंगाह नगरपालिका ७ बस्ने अमित पासवानको घरमा लुटपाट भैरहेको सूचना पाएपछि प्रहरी गस्तीमा निस्किएको थियो ।

प्रहरीले लुटेसा समुहका पाँच जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ११ : २४ बजे

नेपालगन्जमा लागुऔषध कारोबारे पक्राउ गर्न हवाई फायर, तीन जना पक्राउ

नेपालगन्ज । प्रहरीले नेपालगन्जमा आज हवाइफायरिङ गरेर तीन जना लागुऔषध

गीता पाण्डे मृत्यु प्रकरण : डा. रूपाखेती निलम्बित, जोनल र इन्दुलेखा बन्द गर्न सिफारिश

बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका-२ की २९ वर्षीया गीता पाण्डेको

इक्यान रुपन्देहीको पहलमा शैक्षिक परामर्श व्यवसायीलाई अभिमुखिकरण तथा प्रशिक्षण

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको आयोजनामा संघमा

आफै बस्ती खाली गर्दै मनोहराका सुकुम्बासी

भक्तपुर । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्तीका बासिन्दा बस्ती खाली गर्न

लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी

दाङ । ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १०