२६ बैशाख २०८१, बुधबार | May 8, 2024

बालुवाले मरुभूमी बनाएको खेतबाट लाखौँ कमाउँछन् अस्गर अली



सुनसरी । कोशी गाउँपालिका-५ का अस्गर अली १३ वर्षसम्म उनको चार बिघा जमिनमा वार्षिक चार सय मन धान उत्पादन हुन्थ्यो । घरको आम्दानीको स्रोत नै धान बाली थियो । परिवारलाई वर्षभरि पुग्ने धान राखेर उनी अरू बिक्री गर्थे । तर, २ भदौ २०६५ मा कोशी नदीले बाँध फुटाएर जब खेती योग्य जमिनमा पस्यो, तब उनको सबै सपना उडाइदियो ।

कोशीको बाढीले बगाएपछि घर खर्च चलाउन समस्या नहुने उनलाई कसरी घर चलाउने भन्ने चिन्ता थियो । १३ वर्षसम्म आफ्नो जग्गामा बालुवाबाहेक केही नदेखेका अस्गर अहिले भने त्यही बालुवा उनको आम्दानीको गतिलो स्रोत बनेको छ ।

दुई वर्षअघि भारतको राजस्थान भ्रमण गरेर बालुवामा कागती खेती सुरु गरेका उनले अहिले दुई बिघामा सुन कागती लगाएका छन् । गाउँपालिकाले बिरुवा, पानी तान्ने मोटरपप्प सहयोग गरेपछि उनी कागती खेतीमा लागेका छन् । डेढ वर्षको अवधिमा उनले बालुवामा कागती फलाएर एक लाख ५० हजार आम्दानी समेत गरिसकेका छन् ।

धान फल्ने खेत बालुवामा परिणत हुँदा मनमा तनाव लिने अस्गर अहिले भने त्यही बालुवामा आम्दानीको गतिलो सपना देख्न थालेका छन् । सुरुमा दुई बिघाबाट थालेको कागती खेती उनले चार बिघामा लगाएका छन् ।

अस्गर जस्तै सोही ठाउँका साहबुद्दिन हाक पनि कागती खेतीमा लागेका छन् । १० वर्ष विदेश बसेर आएका उनी अहिले दुई बिघा क्षेत्रफलमा कागती खेती गरेका छन् । उत्पादन र बिरुवा राम्रो भएपछि आफ्नो चार बिघामा जग्गामा कागती खेतीसमेत लगाउने तयारीमा छन् ।

सुरु देखि नै बिरुवा राम्रो भएपछि उनी कागती खेतीलाई अझ बढाउने तयारीमा छन् । नदीले बगर बनाएको खेतीलाई १३ वर्ष बाँझो देखेर विरक्तिएका हाक अहिले भने विदेशमा भन्दा राम्रो कमाइ हुने आशमा लागि परेका छन् ।

‘अहिले मलाई विदेशमा भन्दा धेरै कमाइ हुन्छ जस्तो लागेको छ । विदेशमा बिहान ८ बजेदेखि राति १० बजेसम्म काम गर्नु पर्थ्यो । मनमा चिन्ता उस्तै हुने, अहिले आनन्द छ । घरको खाएर आफ्नै बारीमा मेहनत गर्न पाउनु भाग्यको कुरा हो । म खुसी छु,’ उनी भन्छन् ।

कोशी गाउँपालिकाको तथा प्रधानमन्त्री कृषि आधुनिकीकरणले उक्त कागती खेतीका लागि कृषकलाई बिरुवा खरिद गर्न, घेरा बारा, विषादी तथा मोटरपम्पसमेत सहयोग गरेको छ । कोशी गाउँपालिका अध्यक्षसहितको टोलीले भारतको राजस्थान भ्रमण गरेर आएदेखि उनै अध्यक्ष ऐयुब अन्सारीले किसानलाई प्रोत्साहन गर्दे बालुवामा कागती खेती गरे गाउँपालिकाले सहयोग गर्ने बताएका थिए । उनकै विश्वासका कारण धेरै किसानले बालुवामा पैसाको सपना देख्न थालेका हुन् ।

सुख्खा मरूभूमिमा कागती खेती फस्टाएपछि गाउँपालिकाले ड्रागन खेती गर्ने समेत योजना रहेको कृषि शाखा प्रमुख सुनिलकुमार शाहले बताए । उनले बालुवामा लगानी गरेर धेरै किसानले आर्थिक स्तर उकास्न थालेको उदाहरण दिँदै गर्छु म सक्छु भन्ने कृषकलाई गाउँपालिकाले समेत सहयोग गर्ने बताए ।

दुई वर्षअघिसम्म अस्गर र साहबद्दिनले मात्र खेती गर्दै आएका थिए । दुई बिघाबाट सुरु भएको खेती अहिले सोही ठाउँका पाँच जना कृषकले २२ बिघामा लगाएका छन् ।

 

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ८ : ४९ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार