१७ पुस २०८२, बिहिबार | January 1, 2026

मुगुमा पुनः भूकम्पको धक्का

मुगु । मुगु जिल्ला केन्द्रबिन्दु बनाएर लगातार दोस्रो दिन भूकम्प गएको छ । सोमबार बिहान कोटडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहान ८ बजेर ३९ मिनेटमा ४.३ म्याग्निच्यूडको भूकम्प गएको हो । यसअघि आइतबार २ बजेर ३४ मिनेटमा ४.८ म्याग्निच्यूडको भूकम्प गएको थियो ।