काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गरिब ऋणीहरूको ऋण चुक्ता गरिदिएर नेपाल सम्वत्को सुरुवात गर्ने शङ्खधर साख्वाको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल संवत ११४२ को अवसरमा चन्द्रागिरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले साँख्वाले ११४२ वर्षअघि सुरु गरेको अभियान अझै बाँकी रहेको उल्लेख गर्दै गरिबहरूको ऋण मोचन गर्न र उनीहरूलाई आत्मनिर्भर बनाउनु…