दाङ । यहाँ पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुसँगै मेला, महोत्सवहरुमा थारू जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यहरुमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–७ का जानकी चौधरी संस्कृति संरक्षणमा जुटेकी छिन् । माघ सांस्कृतिक कार्यक्रममा उनी आफ्नै मौलिक पोसाकमा…