१६ पुस २०८२, बुधबार | December 31, 2025

गण्डकीका मुख्यमन्त्रीले पत्रकारिता विरोधी अभिव्यक्ति दिएको भन्दै प्रेस सेन्टरको आपत्ति

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारिता पेशाप्रति चेतावनीपूर्ण र आक्षेपयुक्त अभिव्यक्ति दिएको भन्दै प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले गम्भीर आपत्ति जनाएको छ। सूचनाको हकको लागि राष्ट्रिय महासंघले असार १० गते पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पाण्डेले “हामीले ल्याएको लोकतन्त्र सजिलै गुम्न सक्छ, पत्रकारहरू पहिलो शिकार हुन सक्नुहुन्छ। तपाईंहरूको कलम भाँचिएपछि मात्रै…