३ पुस २०८२, बिहिबार | December 18, 2025

तेह्रथुमको गाउँघरमा फुल्यो ढकमक्क सयपत्री, तिहारमा अभाव नहुने

तेह्रथुम । फूलै फूलको पर्वको रूपमा चिनिन्छ, तिहार । दसैँमा रंगाइएका घरहरूमा तिहारमा फूलको मालाले झिलिमिली बनाइनेगरिन्छ । गाउँघरमा रोपिएका फूल कहिले सिजनभन्दा पहिले फूल्ने त कहिले तिहारपछि मात्र फुल्दा घर सजाउन र भाइटीकामा फूलको अभाव हुन गरेको छ । तर, यो वर्ष भने तिहार नजिकिँदै गर्दा तेह्रथुमका गाउँघरमा फूल फुलेर ढकमक्क बनेको छ ।…