दार्चुला । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालको राष्ट्रिय जनगणना २०७८ अन्तर्गत गणना हुने वा नहुने चर्चा र चासोको विषय बनेको छ । हाल नेपाल सरकारले उक्त क्षेत्र नयाँ नक्सामा समेटेकाले नेपालको भूगोलमा बसोबास गर्ने नागरिकहरूको जनगणना गरिनुपर्ने विभिन्न निकायले सरकारसँग माग गरिरहेका छन् । राष्ट्रिय जनगणनाका लागि दार्चुला जिल्लामा…