१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

मुस्ताङमा हिमपहिरो, भागदौडमा एक शिक्षकसहित ८ जना विद्यार्थी घाइते



काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका-२ याङ्दान खर्कमा हिमपहिरो गएको छ ।

आइतबार बिहान मुस्ताङको टुकुचे अर्थात मानापाथी हिमालबाट हिमपहिरो आएपछि भाग्‍ने क्रममा एक जना शिक्षकसहित ८ जना विद्यार्थी घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । ‘हाल घटनास्थलमा प्रहरीलाई खटाएका छौं । पहिरो रोकिएको छ । हिउँमाथि भएको हुनाले थप खस्न सक्ने अवस्था छ । सचेत रहन भनेका छौं ।’ शर्माले भने ।

भागदौडका क्रममा स्थानीय जनआर्दश अमरसिंह माविका शिक्षक र विद्यार्थीको खुट्टामा चोट लागेको हो । पठनपाठन चलिरहेका बेला पहिरो खसेपछि उनीहरू कक्षाकाेठा छोडेर भागेका थिए । पहिरोको जोखिम अझै कायम रहेकोले नजिकका घरमा बसिरहेका नागरिकहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । विद्यार्थीलाई समेत अन्तै लगिएको मुस्ताङ प्रहरीले जनाएको छ ।

हिउँ पहिरोसहित धुँलो खसेकोले मुस्ताङको लाजेङ र न्याउरीकोट ढाकिएको छ । हिउँ पहिरोका कारण स्थानीय त्रसित बनेका छन् । यसअघि यति ठूलो पहिरो खसेको अनुभव नभएको गाउँले बताउँछन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ३ : ०३ बजे

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका