२१ असार २०८३, आइतबार | July 6, 2026

एमाले महाधिवेशनः रुपन्देहीका तीन क्षेत्रबाट प्रतिनिधि छानिए, दुुई क्षेत्रमा मतगणना जारी



बुटवल । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत रुपन्देहीका तीनवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छानिएका छन् । जसअन्तर्गत क्षेत्र नम्वर १ मा निर्वाचनबाट प्रतिनिधि चुनिएका छन् भने बाँकीमा सर्वसम्मत भएको छ ।

क्षेत्र नम्वर १ मा महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा खुलातर्फ यज्ञ गैरे, धुव्र खरेल, डा. कृष्ण न्यौपाने र ऋषिराम सापकोटा, महिलातर्फ जगेश्वरदेवी चौधरी र बिद्यालक्ष्मी गुरुङ चुनिएका छन् ।

क्षेत्र नम्वर २ मा भने सर्वसम्वत प्रतिनिधि चयन भएका छन् । जसअन्तर्गत खुलातर्फ शिवराज सुवेदी, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, वासुदेव घिमिरे र चित्रबहादुर कार्की, मोहन चापागाइँ, बाबुराम भट्टराई, गोपाल राना र बलबहादुर आचार्य, महिलातर्फ सावित्रा अर्याल, गोमादेवी आचार्य र ज्ञानु केसी महाधिवेशन प्रतिनिधि छानिएका हुन् ।

क्षेत्र नम्वर ५ मा खुलातर्फ भूमिलाल सापकोटा, रामचन्द्र यादव, जिवलाल पाण्डे र शिव पौडेल, महिलातर्फ कल्पना हरिजन, दलित खुलामा जोगलाल बिक, सुरेन्द्र श्री, महिलामा कमला बिक रहेका छन् ।

यस्तै, लुम्विनी प्रदेश मजदुरतर्फ कमल गौतम, हरिबहादुर कार्की, हुमाकान्त काफ्ले, पूर्णबहादुर केसी, महिलातर्फ रञ्जु भट्टराई, प्रेमपूर्ण योगी र सुशीला दर्लामी छानिएका छन् । रुपन्देहीको क्षेत्र नम्वर ३ र ४ मा भने सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन गरिएको छ । निर्वाचनको मतगणना जारी छ । क्षेत्र नम्वर ३ बाट महिलामा ममता पौडेल र उमा अधिकारी निर्विरोध चयन भएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ३ : ४० बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ