जाजरकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ३ बजेतिर ग १ ज ४४५४ नम्बरको जीप दुर्घटना हुँदा सानीभेरी गाउँपालिका-९ का ३१ वर्षीय जीवन भण्डारीको मृत्यु भएको हो । भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । दुर्घटनामा परी…