७ आश्विन २०८३, बुधबार | September 23, 2026

लब्ली र ब्यूटीले नेपालगञ्ज नाकामा जाँच गर्दै



बाँके । नेपालगञ्ज नाकामा तालिम प्राप्त कुकुरसहितको विशेष जाँच गरिएको छ । भारतबाट नेपाल प्रवेश गरेका सबैलाई जमुनाहा नाकामा शनिबार बिहान दुईवटा तालिम प्राप्त कुकुरसहितको जाँच गरिएको हो ।

नेपाल प्रहरीको दुईवटा कुकुर लब्ली र ब्यूटीले भारतबाट नेपाल आएका मानिस, सवारी साधनलाई जाँच गरेको थियो । लब्लीले बिष्फोटक पदार्थ र हात हतियार तथा ब्यूटीले लागु औषधि सम्बन्धी जाँच गरेको थियो ।

नेपालगञ्ज नाकामा यतिबेला दशैँ मान्न आउनेको भीडभाड छ । नाका खुलेका किनमेलका लागि रुपैडिहा जानेको उस्तै भीड बढेको छ ।

प्रहरीले दशैँ लक्षित सुरक्षा योजनाअन्तर्गत नाकामा कुकुरसहितको जाँच गरेको थियो । दुईवटा तालिम प्राप्त कुकुर लिएर प्रहरी निरीक्षकद्वय बासुदेव सुवेदी र ईश्वर गिरी नाकामा पुगेका थिए ।

नेपालगञ्ज नाकामा बेलाबेलामा यस्तो जाँच हुने गर्दछ । सीमावर्ती भारतीय शहर रुपैडिहाबाट लागु औषधि किनेर फर्किने गरिन्छ ।

नाकामा खटिएको प्रहरीले विशेष सुराकीका आधारमा र केहीलाई शंका लागेर जाँच गर्दा लागु औषधि बरामद गर्ने गर्दछ । तालिम प्राप्त कुकुरको मद्दतले प्रहरीले लागु औषधि बरामद गर्ने गरेको पनि छ ।

नेपालगञ्ज नाकामा केही दिनयता भारतबाट फर्किने नेपालीलाई खोप लगाएर पठाउने गरिएको छ । एन्टिजेन जाँच चैत्रदेखि नै भइरहेको छ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ७ : ०५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११