काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री नियुक्तिको विषयमा प्रधानन्यायाधीसलाई जोड्नुको कुनै तुक नभएको बताएका छन् । शनिबार बिहान चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सत्ता गठबन्धनको मुख्य घटक समेत रहेको माओवादी अध्यक्ष प्रचण्डले मन्त्री गजेन्द्र हमालबारे चलेको चर्चाको कुनै तुक नभएको बताएका हुन् । प्रचण्डले हमाल कांग्रेसी पृष्ठभूमिका व्यक्ति भएको भन्दै…