११ श्रावण २०८३, सोमबार | July 27, 2026

बैतडीका प्रसिद्ध धाममा जात्रा हुँदै



बैतडी । बैतडीको सुर्नया गाउँपालिका-४ स्थित सनसेरीमाण्डौं मन्दिरमा लागेको जात्रा भव्य रूपले सम्पन्न भएको छ । बुधबार साँझदेखि लागेको जात्रा बिहीबार बिहान सम्पन्न भएको मन्दिरका पुजारी विष्णुदत्त भट्टले बताए । रातिको समयमा दर्शनार्थीको उपस्थिति बढी हुने गरेको उनले बताए ।

जात्रामा सुर्नया गाउँपालिका सहित जिल्लाभरिबाट दर्शनार्थी आउने र बसाई सरेका व्यक्तिसमेत जात्राका लागि घर फर्किने गरेको स्थानीय गणेशबहादुर महराले बताए । रौलाकेदार धाममा समेत भव्य जात्रा लाग्ने उनले बताए । रौलाकेदार धामको जात्रामा उपस्थित भई दर्शन गरेमा मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।

यस धाममा हरेक तीन वर्षमा जात्रा लाग्ने गर्दछ । उक्त जात्रामा सीमावर्ती भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् ।

विभिन्न ठाउँबाट बाजागाजासहित भक्तजन रौलाकेदार धाममा पुग्ने गरेको स्थानीय सुरेश महराले बताए । भक्तजन राति धाममै बास बसेर भोलिपल्ट स्नान गरी घर फर्कने गरेको उनले बताए ।

यसैगरी सुर्नया गाउँपालिका-८ स्थित गुफा केदार मन्दिरमा बुधबार भव्य जात्रा लागेको छ । उक्त मन्दिरको जात्रा सम्पन्न भएपछि बिहीबार गलिनाथ मन्दीर र शुक्रबार भूमिराज मन्दिरमा जात्रा लाग्ने पुजारी विनोद अवस्थीले बताए । गुफाकेदार मन्दिर यस क्षेत्रको प्रसिद्ध धार्मिक स्थल भए पनि प्रचार प्रसारको अभावले ओझेलमा परेको उनले बताए ।

गुफा केदारमा दर्शन गर्न आउने व्यक्तिको मनोकामना पुरा हुने जनविश्वास रहेको अवस्थीले बताए । अवस्थीले भने, ‘यस मन्दिरमा भाकल लिएर आउने दर्शनार्थीको मनोकामना पूर्ण हुन्छ । निःसन्तानलाई सन्तान र निर्धनलाई धन सम्पत्ति दिन्छ भन्ने विश्वास छ । त्यो भाकल लिएर आएको कयौं व्यक्तिको भाकल पुरा भएको छ ।’

भूमिराज मन्दिरमा लाग्ने जात्रामा १ सय ५० बढी बोकाको बलि दिइने पुजारी अवस्थीले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ६ : ३६ बजे

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज