खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार दाल्फुका किसान भलराज राईले जंगलबीचमा बाख्रा फार्म सञ्चालन गरेका छन् । गाउँमै स्वरोजगार बन्दै आर्थिक आयआर्जनका लागि राईले सात वर्षअघिदेखि फिर्कुखोला नजिकै पर्ने धगेर्नी पाखाको जंगलबिचमा रहेको खेतमा बाख्रा पालन सुरु गरेका हुन् । उनले धगेर्नी पाखामा बाँझो खेत किनेर धान खेतीसँगै बाख्रा पालन सुरु गरेका हुन् ।…