१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

अहिलेको संविधान हटाउने कल्पना समेत हुँदैन : नेम्वाङ



इलाम । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको संविधान हटाउने कल्पना समेत गर्न नसकिने बताएका छन् । गृह जिल्ला इलाममा विहीबार आयोजित कार्यक्रममा नेम्वाङले संविधान फेर्ने चर्चाको कुनै तुक नरहेको टिप्पणी गरे ।

‘यो संविधान लरतरो रुपमा हटाउने कल्पना समेत हुँदैन,’ नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले भने, ‘संविधान फेर्ने चासचुस चर्चा हुँन थालेको छ, त्यस्तो चर्चाको कुनै तुक छैन ।’ नेम्वाङले नेपालको अहिलेको संविधानले व्यवस्था गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पनि तलमाथि नहुने दावी गरे । ‘कसैलाई केही भइहाल्छ भन्ने चिन्ता लागेको छ भने चिन्तामुक्त हुन्म आग्रह गर्छु,’ नेम्वाङले भने ।

संविधानसभामा उपस्थित ३१ दलबाट संविधान बनाउन अनेक अप्ठयारो झेलेको भए पनि संविधान संशोधनमार्फत यसलाई सबै दलले स्वीकार गरेको नेम्वाङको भनाइ छ । ‘हामीले निकै चुनौतिपूर्ण अवस्थामा संविधान बनायौ‌, संविधानमा चुच्चे नक्सा राख्न दलहरू एक ढिक्का भए,’ नेम्वाङले थपे, ‘अब नेपालको सबै दलले संविधानलाई स्वीकारेका छन् ।’ संविधानमा नै भएको व्यवस्थालाई टेकेर आवश्यक परिवर्तन गर्न सकिने उनको भनाइ छ । ‘तपाइँ जनताको मन जितेर आउनुहोस् चाहे अनुसारको परिवर्तन गर्न सक्नुहुन्छ,’ नेम्वाङले भने,‘अब परिवर्तनको लागि कुनै लडाइँ, आन्दोलन गरिराख्नु पर्दैन ।’ नेता नेम्वाङले जनतालाई समेत मन नपर्ने पार्टी र व्यक्ति परिवर्तन गर्न सुझाए । ‘व्यक्ति मन पर्दैन, व्यक्ति फेर्नुहोस, पार्टी मन पर्दैन पार्टी फेर्नुहोस्’, उनले थपे,‘दलहरू बहीखाता बोकेर चाडै तपाइँकोमा आउँदैछन् ।’ नेम्वाङले जनताले दिने फैसलाले मुलुकलाई दिशा दिने बताए । उनले भने, ‘अहिले केही अप्ठयारो भएको जस्तो लागेको होला, तपाइँको फैसलाले देशलाई निकास दिन्छ ।’

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  २ : २६ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।