काठमाडौं । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प गएको छ । बिहीबार बिहानै गएको भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको समाचारहरमा उल्लेख छ । विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको संख्या अझै बढ्न सक्छ । भूकम्पपछि क्वेटा शहरका मानिस सडकमा निस्केको सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ । प्रारम्भिक रिपोर्टहरूका अनुसार ५।७ म्याग्नेच्युडको भूकम्प गएको अनुमान छ…