काठमाडौं । बहुचर्चित र बहुविवादित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे टुङ्गोमा पुग्न गठित सत्तारूढ गठबन्धनको कार्यदलको पहिलो बैठक आज बसेको छ । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल निवास डल्लुमा आज बसेको बैठकमा सम्झौताबारे प्रारम्भिक छलफल सुरु भएको हो । प्रारम्भिक छलफल सकारात्मक रूपमा अगाडि बढेको कार्यदलका सदस्य एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर…