७ आश्विन २०८३, बुधबार | September 23, 2026

जसपाबाट बिजयी मेयर एमाले प्रवेश गर्दै, स्वागत गर्न एमाले अध्यक्ष ओली सर्लाही पुग्दै



सर्लाही । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)वाट बिजयी कबिलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव अन्तत: नेकपा एमाले प्रवेश गर्ने भएका छन ।

सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत मेयर यादवलगायत बिभिन्न पार्टीवाट बिजयी वडा अध्यक्ष र बिगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरुलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने छन ।

‘मेयर, वडा अध्यक्षहरु, बिगतमा निर्वाचनमा मेयर र गाउँपालिकाका अध्यक्षका प्रत्यासीहरुलाई पार्टी प्रवेश गराउनका लागि अध्यक्षज्यू आज सर्लाही आउँदै हुनुहुन्छ’ एमाले केन्द्रिय सदस्य बद्री न्यौपानेले न्युजकारखानासँग भने, ‘झन्डै ५ हजारजना आज एमाले प्रवेश गर्नेछन् ।’ उनका अनुसार सर्लाही सदरमुकाम मंलगवामा आयोजना हुने आमसभालाई ओलीलगायतका एमालेका अन्य शिर्ष नेताहरुले सम्वोधन गर्ने छन ।

उनका अनुसार आज हुने पार्टी प्रवेश कार्यक्रमार्फत लालबन्दी नगरपालिका-११ मा माओवादीवाट बिजयी वडा अध्यक्ष दिपक लामा, जनता समाजवादी पार्टीवाट पर्सा गाउँपालिका–३ मा बिजयी वडा अध्यक्ष भीखारी साहसहित कांग्रेसवाट रामनगर गाउँपालिकाका अध्यक्षका प्रत्यासी पुरुषोत्तम चौधरी, बसवरिया गाउँपालिकामा माओवादीवाट मेयरका प्रत्यासी रामविश्वास रायलगायत बिभिन्न पार्टीका जिल्ला स्तरीय दर्जनौं नेताहरु एमाले प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : २० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११