१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं । स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

आज दिउसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा कार्यसम्पादन समितिको बैठक बस्ने मुख्य सचिव कृष्णप्रसदा पौडेलले बताए । आजको बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको पौडेलले बताए ।

स्थानीय चुनावमा महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको टुंगो केन्द्रबाट लगाइनेछ । आजको बैठकको अजेन्डामा महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार छनोटको विषय पनि रहेको उनले बताए ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । त्यसका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ ।

आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय दिएको छ । त्यसअघि नै राजनीतिक दलहरुले उम्मेदवार छनोट गरिसक्नुपर्छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ७ : ४४ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको