काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा १ खर्ब १९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा दुई दशमलव पाँच प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा शून्य दशमलव चार प्रतिशतले मात्र बढेको थियो । यो आवको साउन…