काठमाडौैं । नेपाली कांग्रेस सभापति उम्मेदवार शेखर कोइरालाले अवधारणापत्र सार्वजनिक गरेका छन् । काठमाडौंमा जारी पार्टीको १४औँ महाधिवेशनअन्तर्गत शनिबार सभापति पदमा उम्मेदवारी दर्ता गरेका कोइरालाले आइतबार अवधारणापत्र सार्वजनिक गरेका हुन् । 'नेपाल पक्कै ब्यूँझिन्छ जय नेपालको नाराले, कांग्रेस पक्कै जाग्दछ युवाको आवाजले' भन्ने नाराका साथ उनले अवधारणापत्र सार्वजनिक गरेका हुन् । आफ्नो सभापति पदमा…