त्रिशूली । नुवाकोटको सूर्यगढी गाउँपालिका-५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विदुर नगरपालिका-४ स्थित एक होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित नौ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए । पक्राउ पर्ने अन्यमा विदुर-१ का कृष्ण विश्वकर्मा, विदुर-४…