काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कोइराला परिवार विभाजित भएको छ । केहीअघिसम्म सुजाता कोइराला, डा.शशांक कोइराला र डा.शेखर कोइरालाले कांग्रेस नेतृत्वमा मिलेर जाने सहमति गरेका थिए । तर, मनोनयन दर्ता गर्नेबेलासम्म कोइराला परिवार विभाजित बनेको छ । कोइराला परिवारकी सदस्य सुजाता कोइरालाले प्रकाशमान सिंह क्याम्पमा पुगेकी छिन् । उनले सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दर्ता…