ललितपुर । ललितपुरमा सञ्चालन हुने ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधिका रूपमा फूल राखेर मल्ल राजालाई प्रतिकात्मक रुपमा निमन्त्रणा दिने कार्य सम्पन्न भएको छ । हरेक वर्ष स्वां तःवनेगु भनेर नृसिंह जात्रा सञ्चालन गर्न जिम्मा पाएको पालोवाला राजोपाध्याय्को परिवारको अगुवाइमा गुरू पूर्णिमाका दिन ललितपुरका मल्ल राजालाई फूल, जनै, सुपारीलगायत राखेर प्रतिकात्मक रुपमा निमन्त्रणा दिने गरिन्छ ।…