काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा (एकता राष्ट्रिय अभियान)बीच पार्टी एकता गर्ने सहमति भएको छ। शुक्रबार अध्यक्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियाका वामदेव गौतमले एकता सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। उक्त सहमतिपत्रअनुसार आउँदो साउन २ गते पार्टी एकता घोषणा गरिने उल्लेख छ। सहमतिमा भनिएको छ, “राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम,…