१० पुस २०८२, बिहिबार | December 25, 2025

पूर्वराजदूत रुक्मशम्शेर राणाको निधन

काठमाडौं । पूर्वराजदूत एवं ब्यवसायी रुक्मशम्शेर राणाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको शनिबार बिहान काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा निधन भएको हो । उनी भारतका लागि राजदूत भएका थिए । व्यवसायी राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक पनि हुन । उनी राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पनि भएका थिए…